Logo

घरमै बसेर निरन्तर अध्ययन



काठमाडौँ, १ असार । कोरोना भाइरसको सङ्क्रमणका कारण बन्दाबन्दीमा परेर पढाइ अवरुद्ध भएका सामुुदायिक विद्यालय तहका लाखौँ विद्यार्थीले सोमबारदेखि वैकल्पिक विधिबाट अध्ययन अध्यापन निरन्तर गर्ने भएका छन् ।

विद्यार्थीले अब शिक्षण सिकाइमा प्रयोग हुने रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, परियोजना पाठ, स्वअध्ययन, दूर तथा खुला शिक्षा लगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्ययन अध्यापन निरन्तर गर्नेछन् । निजी क्षेत्रका कतिपय विद्यालयले भने वैशाखबाटै विद्युतीय माध्यमबाट पठनपाठन सुरु गरिसकेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले लामो समयसम्म अवरुद्ध पठनपाठनबाट पुग्न जाने शैक्षिक क्षति न्यून गर्न अपरिहार्य भएको भन्दै विद्यालय जाने उमेर समूहका विद्यालयलाई असार १ गतेदेखि वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिने घोषणा जेठ १८ गते गरेको थियो ।

विद्यार्थीको पठनपाठन प्रभावकारी बनाउन मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहज बनाउन निर्देशिका जारी गरिसकेको छ । निर्देशिकाले विद्यार्थीलाई वर्गीकरण गर्नुका साथै स्थानीय सरकार, विद्यालय तथा शिक्षकले वैकल्पिक शिक्षाको पठनपाठनमा सहयोग गर्नुपर्ने कामका बारेमा स्पष्ट गरिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot