Logo

राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडानमा असार २१ सम्म रोक



काठमाडौं, असार १ । सरकारले नेपालबाट हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडानलाई २१ असार २०७७ सम्म रोक लगाउने निर्णय गरेको छ ।

सरकारले ११ चैतदेखि जारी बन्दाबन्दीपछि सबै प्रकारको व्यावसायिक हवाई उडानमा रोक लगाएको छ । १६ असारसम्म लगाएको यस अघिको हवाई उडानको समयलाई बढाएर २१ असार पुर्‍याइएको पनि उल्लेख छ। हवाई उडान रोक लगाएको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना जारी गरेरै सम्बन्धित वायुसेवालाई जानकारी दिने छ। हाल सरकारले आकस्मिक उडान, उद्धार तथा अनुमति लिएर गरिने चार्टर उडान भने गर्न दिएको छ।



प्रतिक्रिया दिनुहोस्