Logo

क्वारेन्टिनका स्वयम सेवककले गरे सामुहिक बलात्कार



कैलाली, असार १ । कैलालीमा क्वारन्टिनमा बसेकी युवतीमाथि क्वारेन्टाइनमा खटिएका स्वयम् सेवकले नै सामूहिक बलात्कार गरेका छन् । पीडित ३१ बर्षीया युवतीले सामूहिक बलात्कार गर्ने तीन युवक विरुद्ध मुद्दा दर्ता गरेपछि घटना सार्वजनिक भएको हो ।

सामूहिक बलात्कार गर्ने तीनै जना विरुद्ध ईलाका प्रहरी कार्यालय लम्कीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका कैलालीले जनाएको छ । किटानी जाहेरीका आधारमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
आरोपीहरु सबै क्वारेन्टिनमा स्वयम सेवकको रुपमा खटिएका थिए।



प्रतिक्रिया दिनुहोस्