कैलाली, असार १ । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेट आज ल्याउने भएको छ। दिउँसो ४ बजे बस्ने प्रदेसशभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
जेठ १९ गते नीति तथा कार्यक्रम पूस्तुत गरेको प्रदेश सरकारले चालु वर्षका लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको । थियो । गत शनिबार मात्रै कोरोनासंग देश लडिरहेको समयमा मुख्यमन्त्री, मन्त्री,राज्यमन्त्रीको तलब र सेवा सुविधा बृद्धि भन्दै विरोध सुरु भएको थियो।
सुदूरपश्चिम सरकारले मुख्यमन्त्री,मन्त्री,राज्यमन्त्री,साहायकमन्त्रीदेखि प्रदेशसभा सदस्य,प्रतिपक्षी दलका नेताहरुको सम्म तलब भत्ता तथा सुविधा १८ प्रतिशतले बृद्धि गरेपछि विरोध सुरु भएको हो ।
प