Logo

एसईईको विकल्पमा जान परिस्थितिले उत्प्रेरित गरिरहेको छ : प्रधानमन्त्री ओली



काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको परिस्थितिले आफूहरुलाई एसईईको विकल्पमा जान उत्प्रेरित गरिरहेको बताएका छन् । विद्यालय तहका बालबालिकाहरुको सिकाइ निरन्तरता लक्षित कार्यक्रम शुरु भएको घोषणाका सन्दर्भमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले सम्बोधनको क्रममा भनेका छन्,’यस महामारीको समाप्तीसँगै हाम्रो शैक्षिक प्रणालीमा पनि नयाँ परिमार्जन हुने संभावना बढेर गएको छ । माध्यमिक शिक्षा परीक्षा ९एस इ इ० को विकल्पमा जान हामीलाई अहिलेको परिस्थितिले उत्प्रेरित गरिरहेको छ ।’

जति लड्ने हो यो पुस्ता लड्छ मुलुक बन्छ- प्रधानमन्त्री ओली

‘अप्ठ्यारोमा द्विविधा हुन्छ, त्यही दूर गर्न नेतृत्व चाहिन्छ’ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

 



प्रतिक्रिया दिनुहोस्

Screenshot