स्पेन, १ असार । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । उसले आइबरलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । गएराति आफ्नो अस्थायी घरेलु मैदानमा भएको खेलमा रियललाई विजयी गराउन टोनी क्रज, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरेका हुन् । आइबारका पेड्रो बिगासले एक गोल फर्काए ।
जितपछि दोस्रो स्थानको रियाल मड्रिडले शीर्ष स्थानको बार्सिलोनामाथिको दबाब कायम राखेको छ । लिगमा २८ खेलबाट रियाल मड्रिडको ५९ अंक भएको छ । समान खेलबाट बार्सीलोनाको ६१ अंक छ । एजेन्सी