Logo

तीन महिनाको लकडाउनपछि बेलायत र फ्रान्स खुल्यो



१ असार : करिब तीन महिनाको लकडाउनपछि बेलायतमा लकडाउन खुकुलो भएको छ । सोमबारदेखि बेलायतका गैर आवश्यक पसलहरु पुनःसंचालनमा आउन थालेका छन् । यसका साथै चिडियाघर जस्ता बहिरी आकर्षणयुक्त स्थलहरुमा पनि प्रवेश खुला गरिनेछ । यस्तै प्रार्थना घरहरु व्यक्तिगत प्रार्थनाकालागि मात्र सिमित हुनेछ ।

हाल बेलायतका हरेक क्षेत्रहरुमा सामाजिक दुरीका नियमहरु अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । मानिसहरु कम्तिमा दुई मिटरको दुरीमा रहनुपर्छ भने मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्नेछ ।सार्वजनिक सवारीसाधनमा पनि सोहि नियम लागु हुनेछ ।उत्तरी आयरल्याण्डका पसलहरु शुक्रबारबाट खोलिएका छन् । स्कटल्याण्ड र वेल्समा भने हालसम्म व्यापार तथा व्यवसाय खोल्ने अनुमति दिइसकेको छैन ।

यस्तै फ्रान्समा पनि लकडाउन खुकुलो बनाइएको छ । फ्रान्सले मुलुकको सीमा खोल्न लागेको हो। फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रनले राष्ट्रको नाममा सम्बोधन गर्दै फ्रांसले सबैजसो युरोपियन संघका देशहरुका पर्यटकलाई फ्रांसमा यात्रा गर्न दिने भएको बताएका छन् । उनले विश्वका अन्य राष्ट्रहरुबाट पनि जुलाई १ देखि प्रवेशकालागि अनुमति दिने जानकारी दिएका छन् । तर स्पेन तथा बेलायतका नागरिकले भने फ्रांसमा आगमनकालागि १४ दिन क्वारेन्टाइनमा रहनुपर्ने भएको छ ।मेरोलागानी Photo Source : Daily mail



प्रतिक्रिया दिनुहोस्