Logo

नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई कायम राखिनेछ : राजनाथ सिंह



काठमाडौं, १ असार ।भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध रहेको र त्यो सम्बन्धलाई कायमै राखिने बताएका छन् । पछिल्लो सीमा विवादलाई वार्ताबाटै हल गर्ने उनले बताएका छन् ।

‘नेपाल र भारतबीचको सम्बन्ध सामान्य सम्बन्ध होइन, रोटी–बेटीको सम्बन्ध हो,’ भाजपाको भर्चुअल कार्यक्रमलाई सम्बोध गर्दै सोमबार उनले भने,‘संसारको कुनै पनि शक्तिले यो सम्बन्ध तोड्न सक्दैन ।’

उनै सिंहले नेपालको भूमि हुँदै मानसरोवर जाने बाटोको गत महिना उद्घाटन गरेका थिए । त्यसयता विवाद बढेको हो । त्यसपछि नेपालले भारतले मिचेको भूमीलाई समेत समेटर नेपालले नक्सा सार्वजनिक गरेपछि विवाद बढेको हो ।

विवाद बढेको बेला राजनाथले वार्ताबाटै समस्या सुल्झाइने बताएका हुन् । तर, भारतले वार्ताका लागि पहल गरेको छैन । दृष्टिबाट File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot