Logo

अमेरिका-चीन तनावः चीन प्रभावित प्रसान्त महासागरमा तीन अमेरिकी युद्धपोत तैनाथ



एजेन्सी, १ असार । पहिलो पटक अमेरिकी नौसेनाले प्रसान्त महासागरमा तीन लाख टनका तीन विमानवाहक युद्धपोतहरुलाई तैनाथ गर्न निर्देशन दिएको छ । उक्त कदम प्रति चीन असन्तुष्ट रहेको जनाइएकोे छ ।

चीन प्रभावित प्रशान्त महासागरको क्षेत्रमा चीन पछाडी नहट्ने बेजिङले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । अमेरिकी नौसेना विमान बाहक युद्धपोत युुएसएस रोनाल्ड रिगन, युएसएस थियोडोर रुजोवेल्टले प्रसान्त महासागरको पश्चिमी दिशाबाट गस्ती गरिरहेको छ भने युएसएस निमित्स पूर्वी दिशाबाट गस्ती गरिरहेको छ । प्रत्येक पेट्रोलिंग गर्ने विमानहरुले ६० वटा युद्धक विमान बोक्ने क्षमता रहेका जनाइएको छ । सन् २०१७ पछि पहिलो पटक अमेरिकाले उक्त क्षेत्रमा अत्यधिक मात्रामा आफ्नो सैन्य उपस्थितीलाई तीब्र पारेको छ । उत्तर कोरियासित आणविक हतियार बारे विवाद तातीरहेको अवस्थामा अमेरिकाले गरिरहेको गतिविधिले थुप्रै विषयलाई औल्याएको छ ।

विमानहरुले साउथ चाइना सी रहेको चिनियाँ सेनामाथि खतरा देखिएको कारण चीनले पेट्रोलिंगप्रति आपत्ति जनाएको छ । उक्त क्षेत्रमा देखाइरहेको तीब्रताले विश्वमा अमेरिकाले आफूसित बलियो नौसेना रहेको जनाउन खोजेको र साउथ भाइना सीमा समेत प्रवेश गर्न सक्ने क्षमता देखाइरहेको छ । साथै अमेरिकाले उक्त क्षेत्रमा चीनलाई दवाउन खोजेको चिनियाँ सञ्चार माध्यम ग्लोवल टाईम्सले लेखेको छ । चीनले समेत उक्त क्षेत्रमा आफ्नो गतिविधिहरुलाई तीब्र पारेको र आधुनिक अतियार तथा विमानहरुको संख्यामा वृद्वी गरेको छ । चीनले दाबी गरिरहेको साउथ चाइना सीको क्षेत्रमा अमेरिकाले गतिविधि तीब्र पारे चीन आक्रमक तरिकाले पश आउने छ । वाशिंटन र बेजिङबीच साउथ भाइना सी र ताइवानलाई लिएका गर्माहट देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्