काठमाडौं, १ असार । नेपाल प्रहरीका आइजीपी ठाकुर प्रसाद ज्ञवाली यसै महिना सेवानिवृत्त हुँदैछन् । उनी घर जाँदै गर्दा धमाधम सरुवा र बढुवामा सक्रिय भएका छन् ।
देश कोरोना भाइरसको रोकथाममा केन्द्रित हुँदा आइजीपी ज्ञवालीले सरुवा बढुवामा चासो बढाएका छन् । उनले आजै ३६ एसपीको सरुवा निकाल्न लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा अरुण पौडेल पठाइएका छन् । त्यहाँ रहेका बिनोद सिलवाल प्रदेश प्रहरी कार्यालय गण्डकी, पोखरामा सरुवा गरिएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहामा उमाशंकर पन्जियारलाई खटाइएको छ । बाँकेमा ओमबहादुर राना, धनकुटामा गोबिन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, कास्कीमा जीवनकुमार श्रेष्ठ, महोत्तरीमा टिकाबहादुर केसी, भक्तपुरमा तारादेवी थापा खटाइएका छन् ।
सरुवाको सुची हेर्न यहाँ क्लिक गर्नुहोस्ः