गुल्मी, असार २ । गुल्मीमा मंगलबार थप ११ जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकाका ८ जना र रेसुङ्गा नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो ।
मुसिकोट नगरपालिका ३०, २९, २८, २१ र २० वर्षका पुरुष तथा २६ वर्षकी महिला र ५ वर्षकी बालिकामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताएका छन्। यसअधि जिल्लाका दुई जनाको कोरोना संक्रमणकै कारण मृत्यु भईसकेको छ ।