२ असार : उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताइएको छ । दुई कोरियाको सीमा क्षेत्रमा रहेको केसङ क्षेत्रको औद्योगिक पार्कमा यस्तो विस्फोटको आवाज आएको सुनिएको दक्षिण कोरियाली सरकारले जनाएको छ ।
उक्त आवाज के विस्फोट भएका कारणले आएको हो भन्ने बारेमा भने अनुसन्धान जारी रहेको दक्षिण कोरियाली सरकारले जनाएको छ । दक्षिण कोरियाका सञ्चारमाध्यमहरुले सैनिक स्रोतलाई उद्धृत गर्दै सो समाचार दिएका छन् । तर त्यो आवाज केको हो भन्ने बारेमा भने उनीहरुले पनि बताउन सकेका छैनन् ।
तर उक्त क्षेत्रमा उत्तर कोरियाका तर्फबाट विस्फोट भएको अनुमान गरिएको ती सञ्चारमाध्यमहरुको भनाई छ । मङ्गलबार अपरान्हमा सो औद्योगिक क्षेत्रमा ठूलो आवाज आएको त्यस आवाजसँगै धुवाँको मुस्लो पनि देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
तर यस विषयमा उत्तर कोरियाका तर्फबाट भने केही जानकारी आएको छैन । दक्षिण कोरियाको रक्षा मन्त्रालयले यस विषयमा अनुसन्धान सुरु भएको बताएको छ । सिन्ह्वा