Logo

लुटपाट गरी भाग्दा भाग्दै तीन जना पक्राउ



काठमाडौं, २ असार । नगद लुटपाट गरी भाग्ने क्रममा सानु क्षेत्रीसहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लुटपाट गरी भाग्ने क्रममा काठमाडौं चाबहिल बस्ने दार्जलिङ् घर भएकी क्षेत्री समेत ३ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं ढुङ्गेअड्डा नजिकै सडकमा दोलखा चरिकोट बस्ने पुरुषको नगद १८ हजार ५ सय रुपैयाँ लुटेर भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्