Logo

करिश्माले युट्युब च्यानल शुरु गरिन्



काठमाडौ, २ असार । नायिका करिश्मा मानन्धर अब युट्युबतिर लागेकी छिन् । करिश्माले प्रविधिको उपयोग गर्दै आफ्ना व्यक्तिगत कुरा राख्न युट्युब च्यानल सुरु गरेकी हुन् । विभिन्न माध्यबबाट आफ्ना दर्शकसँग नजिक भएतापनि अझ नजिक हुन आफ्नो प्राइवेट च्यानल खोलेको बताएकी छिन् । अन्य कलाकार टिकटकमा व्यस्त भएको बेला उनी भने व्यवसायिक बन्न खोज्दैछिन् ।

लामो समयदेखि सबै क्षेत्रमा लकडाउनको कारण आर्थिक संकट झेलिरहेको समयमा करिश्माले आर्थिक रुपमा सबल हुने नयाँ तरीका अपनाएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्