Logo

सीताको चरित्र बारे १० सत्य



पौराणीक समयमा केही महिलाहरु हाम्रा आर्दश र उत्तम चरित्रका महिला मानिन्छन् । तर सबैभन्दा सर्वोत्तम माता सीतालाई मानिन्छ । धर्मशास्त्रमा यस्ता अनेक गृहस्थ र पतिव्रता स्त्रिको बारेमा लेखिएको छ । जुन आज पनि हरेक नारीको लागि आर्दश र प्रेरणा हो ।

सीताका माता पिता– वाल्मिकी नारायणका अनुसार राजा जनकले धरतीमा हलो जोत्दा एउटा वक्समा सुन्दर कन्या भेट्टाएका थिए । उनै कन्यालाई राजाले छोरी मानेर सीता बनाइदिए ।

सीताको विवाह–विवाह पञ्चमीको दिनमा भगवान श्रीराम तथा जनकपुत्री जानकी (सीता)को विवाह भएको हो ।

असाधारण पतिव्रता–सीता सारा राज महलका सुख सुविधा छाडेर आफ्ना पति श्रीरामसँग वनवास गइन् ।

सीताको साहस–सीतालाई रावणले अपहरण गरेर लगेर अशोक वाटिकामा राख्यो तब त्यस्तो कठिन समयमा पनि उनले सहनशील, साहस र धर्मको पालना गरिन् ।

सीताको विश्वास–रावणले अपहरण गरेर सीतालाई लगेपछि सीताले राम आफुलाई खोज्न ढिलो किन गरे भनेर हनुमानसँग सोधेकि थिइन् । उनलाई खोज्न राम आउने विश्वास थियो ।

मायावी सीता–सीतालाई रावणको छोरा मेघनाथले मायावी सीता बनाएर रणक्षेत्रमा मारेको देखाएपनि उनी सुरक्षित थिइन् ।

सीताको अग्निपरिक्षा–सीतालाई रामले समाजको लागि अग्निपरिक्षा लिएका थिए । जुन परिक्षा दिन सीता तयार भइन् ।

वाल्मिकी आश्रममा सीता–श्रीरामले प्रजाको इज्यतको लागि गर्भवती सीतालाई तपोवनमा छाड्न विवस भएका थिए । वाल्मिकी आश्रममा सीताले लव कुशलाई जन्म दिइन् ।

सीताको मृत्यु –श्रीरामले उनका छोरा लव कुश हुन् भने आफ्नो पवित्रता प्रकट गर्न आग्रह गरेपछि सीताले ‘हे धरती मा यदि म पवित्र भएमा धरती फाटेर मलाई पनि सँगै लैजाऊ ’ भने पछि एक सिहांसन पृथ्वीमा आयो र त्यहि सिहांसनमा सीता बसेर धरतीमा लिन भइन् ।



प्रतिक्रिया दिनुहोस्