Logo

पूर्वमन्त्री यादव अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याईयो



काठमाडौं, २ असार । पूर्व गृहराज्यमन्त्री सोनेलाल राय यादव अस्वस्थ भएका छन् । यादवको घर रहेको सर्लाहीको मलंगवा नगरपालिका खुटौनाबाट हिजो साँझ हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको हो । यादव ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा गृहराज्यमन्त्री थिए । उनका छोरा रामगोपाल राय यादवले जनाएअनुसार अहिले काठमाडौंको चावहिलस्थित् ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा भेन्लिटरमा राखेर उपचार भैरहेको छ । यादव अचेत छन् ।



प्रतिक्रिया दिनुहोस्