Logo

फागुन ७ भित्र बजेटको काम कार्यान्वयन भइसक्छ- रामेश्वर फुयाल, मन्त्री, बागमती प्रदेश



काठमाडौं, २ असार । बागमती प्रदेशका भौतिकमन्त्री रामेश्वर फुयाँलले विकासको काम समयमै सक्ने बताएका छन् । उनले सांसद विकासका लागि रकम छुट्याएकोमा बचाऊ गरेका छन् । मन्त्री फुयाँलसँग यीनै विषयमा ऋषि धमलाले गरेको कुराकानीः
बागमती प्रदेशको बजेट आकार किन ठूलो ल्याउनुभयो ? कार्यान्वयन गर्न सक्नुहुन्छ ?
बागमती प्रदेशको आकार र यहाँका क्रियाकलाप नै पनि ठूलो छ । यहाँ तीनवटै राजधानी पनि पर्छ । यातायात र आर्थिक क्रियाकलापहरु पनि धेरै छन् । अर्को जनतका आकांक्षाहरु पनि धेरै छन् त्यसलाई पुरा गर्नुछ । त्यसैले पनि बजेटको आकार अलि ठूलो भएको हो । यसलाई हामी जसरी पनि कार्यान्वयन गराएरै छाड्छौं ।
बिगत वर्षको विकास खर्च त कार्यान्वयन गराउन सक्नुभएको छैन, अनि कसरी कार्यान्वयन गराउनुहुन्छ , गतवर्ष कति बजेट कार्यान्वयन गराउनुभयो ?
यो पटक हामीलाई लकडाउने पनि असर ग¥यो । अर्को प्रदेश सरकार दुईवर्षमा जुन तरिकाले पूर्ण बजेट कार्यान्वयनमा जानुपथ्र्यो त्यो नभएकै हो । त्यो अपूर्णतालाई पूर्ण गर्नेथियौं । कोरोनाले हाम्रा सपनाहरु पुरा गर्न दिएको छैन । तर, कोरोनाको पनि सामान गर्नेछौं । बजेट पनि पुँजीगत खर्च बढाएरै देखाउँछौं ।
सांसद्हरुलाई एक अर्ब ९८ करोड एकमुष्ट बजेट किन दिनुभयो ?
नेपालको परिप्रेक्ष्यमा विधायकहरुले पनि विकास निर्माणमा भूमिका खेल्ने कार्यविधि छ । त्यसो भएकाले भौतिक पूर्वाधारको निर्माणमा स्थानीय तहसँगै जोडेर यो काम हामीले अगाडि लान्छौं । काम त स्थानीय तहमार्फत नै गर्ने हो । तर, हाम्रो पहिदेखि यही प्रचलन रहेको छ । गतवर्ष पनि हामीले पूर्वाधार विकास साझेदारी कार्यक्रम कायम गरेका छौं ।
जनता खान नपाएर भोकभोकै बसेका छन् अनि तपाईं चाहीं सांसदलाई पैसा दिने ?
तपाईंले सोध्नुभएको प्रश्न ठीक हो । तर, खानेपानीको संकलन गर्नुपर्ने हुन्छ । नदी नियन्त्रण गर्नुपर्ने हुन्छ । सडक निर्माण गर्नुपर्ने हुन्छ । त्यो काममा माननीयहरुले जाँदा रकम खल्तीमा लिएर जाने होइन । हाम्रा स्थानीय तहमार्फत खरिद ऐन, लगत स्टमेटलगायत सबै प्रक्रियाअनुसार भौतिक पूर्वाधारबाहेक यो रकम परिचालित हुँदैन, त्यसैले अवैधानिक छैन ।
सांसद्हरुले जताततै अनियमितता गरेका छन् फेरि उनीहरुलाई यत्रो रकम दिनु गलत होइन ?
अहिलेसम्म परिचालित भएका रकममध्ये हामीले भौतिक पूर्वाधारबाहेक अन्त दिएकै छैनौं । त्यसैले भौतिक पूर्वाधारबाट बनेको काम तपाईंहरुले गएर हेर्न अध्ययन गर्दा हुन्छ । र, अनुसन्धानका गर्नुहोस् बेठिक भन्ने कुनै ठाउँमा प्रमाणित भएछ भने म त्यसको जिम्ममा लिन्छु ।
त्यसोभए सांसद्लाई पैसा दिएर तपाईंले राम्रो काम गर्नुभयो ?
सांसद्लाई पैसा दिएकै छैन । भौतिक पूर्वाधार साझेदारीका लागि स्थानीय तहसँग हाम्रो साझेदारी भएको छ ।
बजेटमा त सांसद्को तजविजमा खर्च गर्ने भनिएको छ नि ?
त्योसो भनिएको छैन, त्यो सर्त छँदैछैन । यसमा मैले देशभरिको भन्न मिलेन । आफ्नो प्रदेशको सन्दर्भमा भन्नुपर्दा हामीले प्रदेश साझेदारी विकास कार्यक्रम भनेर दिएका छौं । त्यो भौतिक पूर्वाधारको काममा मात्रै खर्च गर्ने गरी दिएका छौं । अन्य कामका लागि खर्च गर्न दिएको भए तपाईंले प्रश्न गर्न सक्नुहुन्छ । भौतिक पूर्वाधार विकास साझेदारी गरेर स्थानीयसँग साझेदारी गरेर गरेको कामलाई अर्कै आँखाबाट हेर्न त मिल्दैन नि ।
प्रदेश ५ बाहेक सबै ठाउँको सांसदको तजविजमा गर्ने भनेको त्यस ३ को बागमती पनि छ नि ?
सांसद्को तजविजमा भनिएको छैन । त्यो बजेट खर्च गर्नको लागि स्थानीय तहका मेयरहरुसहित माननीयहरु संलग्न संयन्त्र संयन्त्र हुन्छ । हामीले यसैगरी कार्यविधि बनाएका छौं । त्यसमा कमीकमजोरी भएर भने परिमार्जन पनि गर्दछौं । आउँदो माघम्म कार्यक्रम सम्पन्न गर्ने गरी लिएर जान्छौं । यो काक्रमले फागुन देख्नै पाउँदैन ।
बजेट ल्याएर बोलेर मात्रै भएन नि कार्यान्वयन गर्न सक्नुहुन्छ त ?
तपाईंले मलाई २०७७ फागुन ७ गते बोलाउनुस् । भौतिक पूर्वाधार मन्त्रालयको खर्च कति भयो या भएन ? त्यो बताउन आजै ऋषिजीलाई समय दिन चाहन्छु ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot