Logo

इञ्जिनियरलाई लाइसेन्स परिक्षा अनिवार्य



काठमाडौं २ असार। इञ्जिनियरहरुलाई समेत लाइसेन्स परिक्षा अनिवार्य गरिएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले इञ्जिनियरिङ काउन्सिल ऐन संसोधन विधयेक पारित गर्दै इञ्जिनियरहरुलाई लाइसेन्सका लागि परिक्षा अनिवार्य गरेको हो । इञ्जिनियरिङ परिषदले वर्षमा दुई पटक लाइसेन्स परिक्षा लिनुपर्ने व्यवस्था मिलाइएको छ ।

अब इञ्जिनियरिङ पढेका विद्यार्थीहरुले काउन्सिलको परिक्षा लिएपछि मात्र लाइसेन्स प्राप्त गर्न सक्नेछन् ।मंगलबार समितिले बिधेयक पास गर्दै इञ्जिनियरलाई लाइसेन्स परिक्षाको व्यवस्थालाई मिलाएको हो ।परिषद्को नियम पालना नगर्ने इञ्जिनियरहरुको लाइसेन्स खारेज गर्न सकिने व्यवस्था बिधेयकमा समावेश गरिएको छ ।

समितिले बिधेयकको प्रतिवेदन प्रतिनिधीसभामा पेश गरेपछि प्रतिनिधिसभाले पारित गर्नेछ । प्रतिनिधिसभाले पारित गरेपछि राष्ट्रपतिले प्रमाणिकरण गरेर ऐनका रुपमा कार्यान्वयनमा आउनेछ ।नयाँ इञ्जिनियरिङ कलेज स्थापना गर्दा वा नयाँ विषयमा अध्ययन सुरु गर्दा परिषदको सिफारिस अनिवार्य गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot