Logo

सुशान्त राजपुतको आत्महत्याले मर्माहत किशोरले गरे आत्महत्या



एजेन्सी, २ असार । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याले धेरैलाई चोट पुर्याएको छ । ३२ जेठमा मुम्बईस्थित आफ्नै निवासमा राजपुतले आत्महत्या गरेको खबरले मर्माहत बनेका एकजना किशोरले आत्महत्या गरेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार उत्तर प्रदेशको बैरलीका १० कक्षामा अध्ययनरत किशोरले आत्महत्या गरेका हुन् । उनले सुसाइड नोटमा उनले गर्न सक्छन् भने मैंले किन नगर्ने भनी लेखेका छन् ।

यसैगरी, सुशान्तको मृत्युले मर्माहत उनका एकजना नातेदारको मृत्यु भएको छ । सुशान्तको मृत्युपछि खान समेत छाडेकी महिलाको हिजो मृत्यु भएको खबर छ ।

सुशान्तले आत्महत्या गरेको धेरैले पत्याइरहेका छैनन् । भौतिकशास्त्रका अब्बल विद्यार्थी उनी रङ्ग क्षेत्रमा प्रवेश गरेका थिए । सुशान्त पढाईमा मेधावी थिए । उनको कुनैबेला खगोलशास्त्री बन्ने लक्ष्य थियो । अन्तरीक्षमा पुग्न चाहन्थे । तर, बीचैमा अध्ययन छाडेर रङ्ग क्षेत्रमा प्रवेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्