Logo

भारत-चीनबीचको भिडन्तमा गोली चलेको थिएन



एजेन्सी २ असार : भारत र चीनबिचको सीमा विवाद हिंसात्मक हुदै गएको छ। दुवै पक्षबीच गलवान क्षेत्रमा सोमबार राति करिब दुई घन्टासम्म भएको भिडन्तमा कुनै गोली भने नचलेको जनाइएको छ । राति दुवै पक्षबीच ढुंगामुढा र हातपात मात्र भएको बुझिएको छ। लाईन अफ कन्ट्रोलमा करिब ४० वर्षपछि पहिलो पटक भारतिय सैनिकको ज्यान गएको जनाइएको छ ।

उक्त झडपमा एक कर्णेल दर्जाका अधिकृत र दुई जवानको पहिचान सार्वजनिक गरिएको छैन । सम्बन्धित परिवारलाई पनि केहि जानकारी दिइएको छैन । प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई घटनाको विस्तृत जानकारी दिइसकेको छ । चीनले समते यस विषयमा मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। झडप भएपश्चात पनि वार्ता भने निरन्तर चरम बद्ध रुपमा बढ्ने बुझिएको छ।



प्रतिक्रिया दिनुहोस्