एजेन्सी, ३ असार । जर्मनीको फुटबल बुन्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ । गएराति भएको खेलमा बार्यनले वेडरमाथि १-० को जित हासिल गर्दै उपाधि जितेको हो ।
कोरोना भाइरसको जोखिमका कारण दर्शक विनाको स्टेडियममा खेल खेलाइएको थियो । रोबर्ट लेवेनडोस्कीले खेलमा निर्णायक गोल गरेका थिए ।
दुई खेल बाँकी रहँदै बायर्नले उपाधि जितेको हो । दोस्रो स्थानमा रहेको बोरुसिया डर्मन्डको ६६ अंक रहँदा बार्यनको ७६ अंक पुगेको छ ।
बायर्नले लगातार आठ वर्ष उपाधि जितेको हो । सन् २०१३ यता जर्मन लिगको उपाधिमा बायर्नको बर्चश्व रहँदै आएको छ ।