एजेन्सी, ३ असार । भारतीय र चिनियाँ सीमा सुरक्षा बलबीच सोमबार हिंसात्मक गतिविधि भयो । उक्त झडपमा २० भारतीय सैनिकको मृत्यु भएको छ ।
चिनियाँ सेनाले दूवै पक्षको झडपले हताहत भएको पुष्टि गरेको छ । तर, मृत्युको संख्याको तथ्यांक सार्वजनिक गरेको छैन । सन् १९७५ पछि यो सबैभन्दा घातक झडप भएको छ, जस्मा सैनिक मारिएका हुन् । भारतले लाइन अफ कन्ट्रोलको चिनियाँ प्रभावित क्षेत्रमा विस्तृत पूर्वाधारको विकास गरिरहेको कारण चिनियाँ सैनिकले रोक्ने खोज्दा झडप भएको चिनियाँ सञ्चार माध्यमको दाबी छ । तर, भारतले उक्त क्षेत्र आफ्नो दाबी गर्दै आएको छ । भारतीय सेनाको संख्या चीनको भन्दा बढी बलियो रहेको भ्रम मनमा पालिरहेको चिनियाँ सञ्चार माध्यमको भनाई छ । यही विचारहरुले सीमा विवादमा असर पुर्याइरहेको भनिएको छ ।
चीनले भारतीय सैनिकको अहंकार र लापवाहीको कारण निरन्तर भारत र चीनबीच तनावको माहोल सिर्जना भएको आरोप लगाएको छ । यो विवादका पछाडि विश्व राजनीतिक घटनाक्रम पनि जोडिएको छ । अमेरिकाको बढ्दो रणनीतिक दबाबका कारण चीनले भारतसंगका सम्बन्ध बिगार्न नचाहेका चिनियाँ सञ्चार माध्यम बारम्बार लेखिरहेका छन् । चीनको विदेश मामलाबारे आधिकारिक धारणा सार्वजनिक गर्ने ग्लोबल टाइम्सले अमेरिकी रणनीतिले भारतसँगको सिमा विवादका घटनाक्रमलाई जोडेको छ ।
अमेरिकाले इन्डो प्यासिफिक अन्तरगत प्रलोभन दिइरहेको चिनियाँ भनाई छ । सन् २०१७ मा उक्त प्रलोभनका कारण भारतीय सैनिकहरु चिनियाँ प्रभावित रहेको डोक्लाम क्षेत्रमा प्रवेश गरी भारतीय नागरिकमाझ लोकप्रियता कमाउन सफल भएको भनिएको छ । अमेरिकाको प्रभावका कारण भारतभित्र चीनप्रतिको मानसिकता घृणा फैलाउने गरी खतरनाक रहेको उल्लेख छ ।
चीनले उक्त क्षेत्रमा शान्ति कायम गर्न खोजेको भनेको छ । चीनको उक्त नितीले दुवै देशको दूरीलाई कम गर्न खोजेको भनेको छ । नियोजित ढंगले दिल्लीले चालेको कदम प्रति चीनले कुनै सम्झौता नगर्ने र आफ्नो सार्वभौमको रक्षा गर्न सदैव अगाडी रहने ग्लोबल टाइम्स पत्रिकामा उल्लेख छ । दुवै विशाल देशबीच शान्ति कायम हुनु र दुवै देशको सीमा विवाद सुल्झिए ठुलो उपलक्धी हासिल हुनेछ । अमेरिकी नितीले भारत र चीनबीचको सीमा विवादमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । यसलाई कम गर्दै भारतले छिमेकी मुलुक संग राम्रो सम्बन्ध कायम गर्न जरुरी रहेको चीनको ठहर छ । अमेरिकाले चीन र भारतबीचको सम्बन्ध विगार्न खोजेको र आफ्नो अनुकुल चीनविरुद्व भारतलाई उपयोग गर्न खोजेको चीनको दाबी रहेको छ । उक्त विवादास्पद क्षेत्रमा चीनको निति स्पष्ट रहेको जनाइएको छ । चीन सो क्षेत्रमा शान्ति कायम गर्न निरन्तर प्रयासरत रहेका भनिएको छ ।
तर, हिंसात्मक गितिविधिले माहोल अझ गम्भीर बनाएको छ । दुवै देशबीच भइरहेका सैन्य तहको वार्ताले शान्ति ल्याउने सक्ने अनुमान गरिएको छ । वार्ताले विवादास्पद क्षेत्रमा भएको गतिविधिलाई न्युनिकरण गर्न भुमिका खेल्ने विश्वास गरिएको छ । पछिल्लो समय उत्पन्न भएको सीमा विवादले चनियाँ नागरिको सार्वभौममाथि कुनै असर नपुग्ने जनाइएको छ । एक इन्च जमिनको रक्षा गर्न चीन सक्षम रहेको भनेको छ ।