काठमाडौं, ३ असार । नेपाल र भारतबीचको सीमा विवाद कसरी समाधान गर्ने भन्नेबारे कुटनीतिज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । पूर्वराजदूतद्धय डा. शम्भुराम सिम्खडा र हिरण्यलाल श्रेष्ठले भारतसँग वार्ता गर्नुको विकल्प नभएको बताएका छन् ।
मंगलबार राति प्राइम टाईम्स टेलभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनीहरुले यस्तो बताएका हुन् । सिम्खडाले नेपाल र भारत दुवै पक्ष अहिले झल्यास्स भएको र सम्बन्धलाई एक किसिमले सुमधुर बनाउनुपर्ने कुल डाउनको अवस्थामा रहेको बताए ।