Logo

भारतसँग सिमामा झडप भइरहँदा तिब्बतमा चिनियाँ सैन्य अभ्यास



एजेन्सी, ३ असार । चिनियाँ शैनिकले तिब्बतमा अभ्यास गरिरहेको छ । भारतसँगको झडप पश्चात चिनियाँ शैनिकहरुले तिब्बतको पहाडी भूभागमा अभ्यास तीब्र पारेको हो ।

उक्त अभ्यासमा लंङ रेन्ज मिसाइल, ग्राउण्ड टू एयर मिसाइल सिस्टम जस्ता उपकरणसहित स्पेसल ओपरेटिभ फोर्सका शैनिकहरुको संयुक्त शैनिक जारी रहेको जनाइएको छ । उनीहरुे करिब चार हजार सात सय मीटर माथि पहाढी भूभागमा अभ्यास गरिरहेका छन् । विभिन्न प्रकारका आधुनिक हतियारहरुको अभ्यासमा चिनियाँ शैनिकहरु तीब्र रुपमा लागी परेको जनाइएको छ ।

आकाश देखि जमिनसम्ममा तैनाथ रह्न र निसानी प्रभावकारी बनाउन अभ्यासलाई तीब्रता दिइएको हो ।उक्त अभ्यासले चिनियाँ शैनिकलाई हरेक प्रकारको मिशनका लागी तयार पारेको बुझिएको छ । सोमबार गल्वान क्षेत्रमा भएको झडपले उक्त क्षेत्रमा चिनियाँ शैनिकको आवश्यकता बढी हुनसक्ने अनुमानका कारण चीन पहिलै तयारी गरिरहेको कुनै बेला अभ्यासरत सैनिकहरुलाई खटाउन सक्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot