Logo

कोरोना भाइरसविरुद्धको खोप विकासमा चीनलाई ब्राजील, क्यानडा, बेलायत र मलेशियाको साथ



एजेन्सी ३ असार । कोरोना भाइरस विरुद्वको औषधी तयार गर्न चीनलाई ब्राजील, क्यानडा, वेलायत र मलेसियाले सहयोग गर्ने भएको छ । चिनियाँ कम्पनीद्वारा निर्मित कोरोनाविरुद्व औषधीको तेस्रो चरणको ट्रायल गर्न चीनलाई उक्त देशहरुले साथ दिने छ ।

बेजिङस्थित रहेको सिनोभ्याक बायोटेक र ब्रजीलियन प्रोड्यूसरले संयुक्त रुपमा क्लीनीकल ट्रायलको तेस्रो परिक्षण गर्न अगाडी आएको हो । परिक्षण अवधिमा रहेको भ्याक्सिनको साकारात्मक नतिजा आउने विश्वास व्यक्त गरिएको छ । ब्राजिलमा देखिएको अत्यधिक मात्रामा संक्रमितलाई उक्त भ्याक्सिले राहत पुर्याउन सक्ने छ । कोरोना भ्याकसिनको निर्माण गर्न र बजारमा ल्याउन समेत साझेदारी हुनेछ । चीन र ब्राजिल सरकारले मान्यता दिएपश्चात खोपको ट्रायल परिक्षण गरिनेछ ।

तेस्रो चरणको परिक्षणका लागी चीनको राष्ट्रिय मेडिकल प्रशासनलाई छिट्टै दिइने जनाइएको छ । सिनोभ्याकले कोरोनाविरुद्व एक करोड भ्याक्सिन निर्माण गर्ने जनाइएको छ । पाँच प्रकारको भ्याक्सिन चीनले अन्तर्राष्ट्रिय सहयोगमा निर्माण गरिसकेको जनाइएको छ । क्यानडा, वेलायत, अमेरिका र जर्मनी लगायत सात देशहरुको संयुक्त साझेदारीमा भ्याक्सिनको खोजी भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot