काठमाडौं, ३ असार । राप्रपाका अध्यक्ष कमल थापाले वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्र पाउने र त्यो अवधिसम्मका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेगरि नागरिकता सरहको अनुमतिपत्र दिनु उपयुक्त हुने धारणा राखेका छन् । उनले नेपालको भूराजनीतिक अवस्था र सामाजिकर सांस्कृतिक परिवेशलाई दृष्टिगतगर्दै नागरिकताको बिषयमा संवेदनशील हुनैपर्ने पनि धारणा राखेका छन् ।
सामाजिक ट्विटरमार्फत थापाले लेखेका छन् ,’नेपालको भूराजनीतिक अवस्था र सामाजिक/ सांस्कृतिक परिवेशलाई दृष्टिगतगर्दै नागरिकताको बिषयमा संवेदनशील हुनैपर्छ।वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि मात्र पाउने र त्यो अवधिसम्मका लागि आर्थिक,सामाजिक र साँस्कृतिक अधिकार प्रयोगगर्न पाउनेगरी नागरिकता सरहको अनुमतिपत्र दिनु उपयुक्त हुनेछ ।’