Logo

तनहुँमा कारसँग ट्रक ठोक्किदा ३ घाइते



तनहुँ, ३ असार । पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको बन्दिपुर १ नयाँबस्ती नाहालामा कार र ट्रक एकआपसमा ठोक्किदा चालकसहित ३ जना घाइते भएका छन् । बन्दिपुरबाट पोखरा जादै गरेको ग २ च ६१६९ नम्बरको कार र पोखराबाट डुम्रे तर्फ आउदै गरेको ना ४ ख १५८१ नम्बरको ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

चालकसहित २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा कारका चालक बन्दिपुर २ खहरेका सुबास कुँवर, केहरसिंह कुँवर र सैलजा कुँवर रहेका छन् । गम्भिर घाइतेहरु मध्ये १ जनालाई काठमाडौ र १ जनालाई पोखरा उपचारको लागि पठाएको छ भने सामान्य घाइते भएकी सैलजालाई डुम्रेको लक्ष्मी अस्पतालमा उपचार भैरहेको डुम्रे प्रहरीले जनाएको छ । ट्रकका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्