Logo

काठमाडौं मालपोत अधिकृतसहित ६ जना घुस लिएको अभियोगमा अख्तियारको नियन्त्रणमा



काठमाडौ, ३ असार । काठमाडौंका मालपोतका अधिकृत रघुवंश कंडेलसहित ६ जनामाथि ८ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको छ । उनीहरुलाई घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत कर्मचारीहरु अधिकृत कंडेल, ना.सु.उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनालले सेवाग्राहीसँग ८ लाख ५० हजार घुस लिएको विशेष सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्