Logo

अर्कैको नाममा अध्यापन गर्ने शिक्षक अख्तियारको फन्दामा



काठमाडौ ३ असार । कञ्चनपुरका शिक्षक बिस्ना कुमारी साउदमाथी अख्तियारले मुद्दा दायर गरेको छ । उनीमाथि अर्कैको नाममा जागिर खाइरहेको पत्ता लागेपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

श्री राष्ट्रिय मा.वि. पहरिया कृष्णपुर कञ्चनपुरका शिक्षक साउदले शिक्षक सेवा आयोग भक्तपुरको अस्थायी करार सूचीमा नाम रहेको अर्की बिस्ना साउदको नाउँमा एक बर्षदेखि जागिर खाइरहेको भन्ने सुचनाको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अख्तियारले अनुसन्धान गर्दा पृष्टि भएपछि शिक्षक बिस्ना कुमारी साउदलाई दोषी ठहर गर्दै कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारको प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्