Logo

स्वेता खड्काका लागि समस्या नै अवसर



काठमाडौ, ३ असार । नायिका स्वेता खड्काले समस्या एउटा अवसर भएको बताएकी छिन् । उनले समस्या सधै अवरोध मात्र नभई अवसर भएको बताएकी हुन् । स्वेताले कुनै पनि समस्यालाई अवरोधको रुपमा मात्र नहेरी समाधानको खोजी गर्नुपर्ने बताइन् ।

समाधानका उपायहरुको खोजी गर्ने क्रममा नयाँ कामको आइडिया आउने हुनाले समस्यालाई अवसरको रुपमा बुझ्न आग्रह गरेकी हुन् । कलिलो उमेरमा पति वियोग भोगेकी स्वेताले पछिल्लो समयमा जिन्दगीको भोगाइको बारेमा सामाजिक सञ्जाल मार्फत आफ्नो भावना व्यक्त गर्दै आएकी छिन् । उनले आफ्नो भोगाईलाई आज सामाजिक सञ्जाल मार्फत यसरी लेखेकी छिन्,

‘समस्या सधै अवरोध मात्र होइन, अवसर पनि हो । कुनै पनि समस्यालाई अवरोधको रुपमा हेरेर मात्र नबस्नुहोस्, त्यसको समाधान खोज्नुहोस् । ती समाधानका उपायहरुमा तपाईंले कामको लागि नयाँ आइडिया जन्माउन सक्नुहुन्छ , आफ्नो लागि नयाँ अवसर भेट्न सक्नुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्