Logo

रेखा थापाले भनिन्ः ‘छोरीको अवस्थाले समाजको परिचय दिन्छ’



काठमाडौ, ३ असार । नायिका तथा सामाजिक अभियन्ता रेखा थापाले महिलाहरुमाथी बढ्दै गएको बलात्कार घटनाको बारेमा आफ्नो धारणा राख्दै आएकी छिन् । समाजमा घट्ने हरेक घटनाहरुको बारेमा सामाजिक सञ्जालमार्फत चर्को विरोध गर्दै आएकी रेखाले कैलालीमा ३१ वर्षिय महिलामाथी भएको सामुहिक बलात्कारको बारेमा गम्भीरता पुर्वक टिप्पणी गरेकी थिईन् ।

महिलाको पक्षमा बोल्दै आएकी रेखाले आज जबसम्म छोरीको भविष्य अनिश्चित हुन्छ तबसम्म पुरै समाजको भविष्य अन्यौलमा रहने चेतावनी दिएकी छिन् । समाजमा छोरीहरुको अवस्थाले प्रगती, समृद्धि र सभ्यताको परिचय दिने भन्दै छोरीहरुको सम्मान र सुरक्षा गर्नुपर्ने बताएकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘जब सम्म तिम्रो (छोरिको) भविष्य अनिश्चित हुन्छ तब सम्म पुरै समाजको भविष्य अन्यौलमा रहने छ । छोरी हरुको अवस्थाले प्रगती, सम्ब्रिद्दी र सभ्यता कस्तो छ भनेर देखाउछ ।’



प्रतिक्रिया दिनुहोस्