Logo

ओली-प्रचण्ड भेटपछि स्थायी कमिटि डाकियो, एमसीसीको छिनोफानो गर्ने



काठमाडौं, ३ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र १० असारको दिन महत्वपूर्ण हुने भएको छ । उक्त दिन डाकिएको स्थायी कमिटि बैठकले अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को टुंगो लगाउनेछ ।

आज नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटले स्थायी कमिटि बैठक डाक्ने निर्णय गरेको हो । यसअघि पटक पटक सचिवालय बैठक डाक्दै स्थगित गरिएको थियो ।

एमसीसी पार्टीबाट टुंगो लगाउने ओलीको तयारी छ । तर, उनी एमसीसीको पक्षमा देखिएकाले स्थायी कमिटिले निर्णय नलिए अर्को विकल्पमा जाने सम्भावना छ । यसलाई निकै चासोका साथ हेरिएको छ । नेकपाभित्र बहुमत नेताहरु एमसीसीको विपक्षमा उभिएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot