Logo

भारतबाट फर्केकालाई गन्तव्यमा पुर्याउन सक्रिय बस व्यवसायीको कोरोनाबाट मृत्यु



कैलाली, ३ असार । भारतबाट फर्केका नेपालीलाई गौरीफन्टा र गड्डाचौधी सिमानाकाबाट गन्तव्यमा पुर्याउन सक्रिय बस व्यवायीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कैलाली गोदावरी-७ का बस व्यवसायीको स्वास प्रश्वासमा समस्या आएपछि अस्पतालमा उपचार हुँदै गर्दा आज साँझ मृत्यु भएको हो ।

पछिल्लो समय ती व्यवसायी सिमानाकामा स्वदेश फर्किएका नेपालीका लागि खुबै खटिएका थिए । हजारौंको संख्यामा आएका नेपालीहरुलाई गन्तव्यमा पुर्याउने सक्रिय रहँदा नै उनलाई संक्रमण सरेको हुनसक्ने बताइएको छ ।

मंगलबारदेखि निमोनियाले श्वास प्रश्वासमा निकै समस्या भएपछि उनलाई आकस्मिक उपचारका लागि काठमाडौं पठाउने तयारी भएको थियो । तर, स्वास्थ्यमा निकै जटिलता उत्पन्न भएपछि पठाइएन । उनको बुधबाट साँझ पौने आठ बजेतिर सेती अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई नवजीवन अस्पताल लगिएको थियो । गत शनिबार कोरोना भाइरसको पुष्टि भएपछि उनलाई सेती अस्पतालको आइसीयुमा राखिएको थियो । बचाउने प्रयास हुँदाहुँदै नसकिएको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्