Logo

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनमा डा. दिव्या शाह नियुक्त



काठमाडौं ३असार : त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन पदमा प्राडा. दिव्या सिंह शाह नियुक्ति भएकी छिन्।

उनी तत्काल शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख पदमा कार्यरत हुन्। प्राडा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय कमिटीले सोमबार डा. प्रदीप बैद्य, डा. दिव्यासिंह शाह र डा. उत्तम श्रेष्ठको नाम सिफासिर गरेको थियो।

त्रिवि कार्यकारी परिषदको आज बसेको बैठकले कमिटीद्वारा सिफारिस गरिएको नाम मध्ये डा. शाहलाई डिन पदमा नियुक्ति गरेको हो। डा. शाहले आफ्नो बिहीबार कार्यभार सम्हाल्ने बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्