Logo

‘नेपाली सेना संविधान अनुसार परिचालित’



काठमाडौँ, ४ असार । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको भूमिकालाई लिएर कतिपय प्रश्नहरू उठ्ने गरेको बताउँदै त्यसमा सरकार स्पष्ट रहेको बताएका छन् ।

“नेपाली सेनालाई कुन ठाउँमा कहिले जिम्मा दिने स्पष्ट संवैधानिक र कानुनी व्यवस्था छ, त्यही अभ्यासलाई सरकारले अगाडि बढाइरहेको छ,” उनले भने । बुधबार राष्ट्रिय सभामा सांसदहरूले राखिएको जिज्ञासाको जवाफ दिने क्रममा उनले सङ्घीय कानुन अनुसार विकास निर्माण र विपद् व्यवस्थापन लगायतका अन्य काममा सरकारले सेनालाई लगाउन सक्ने स्पष्ट व्यवस्था रहेको जानकारी दिएका छन् ।

सैनिक ऐनअनुसार विकास निर्माण, विपद् व्यवस्थापनमा उपयोग गर्न सक्ने व्यवस्था पनि रहेको स्मरण गराउदै उपप्रधानमन्त्री पोखरेलले त्यही व्यवस्था अनुसार नेपाली सेना परिचालित रहेको बताएका छन् । भविष्यमा पनि त्यही अनुरूप हुने उनले स्पष्ट पारेका छन् ।
राष्ट्रिय आवश्यकता र परिस्थितिले सेनाको उपयोग हुने गरेको बताउँदै मन्त्री पोखरेलले भने, “विकास निर्माण, विपद् व्यवस्थापन, बाह्य सुरक्षा, आन्तरिक सुरक्षा, अति वि९िशष्ट व्यक्तित्वको सुरक्षा, प्रकृति संरक्षण, विश्व शान्ति स्थापनाजस्ता काममा नेपाली सेना प्रक्रियासङ्गत ढङ्गले परिचालित हुन्छ ।” (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्