Logo

सुशान्त राजपुतको आत्महत्या प्रकरणमा बलिउडका आठ चर्चित नामहरुविरुद्व उजुरी, कंगना साक्षी



एजेन्सी ४ असार । बलिउड नायक सुशान्त सिंह राजपूत आत्महत्याले बलिउड भित्र तहल्का मच्चाएको छ । आत्महत्याको विषयमा दुरुत्साहन भन्दै थूप्रै सेलिब्रिटीहरुको नाम मुछिएको छ ।

बुधबार कानुन व्यवसायी सुधीर कुमार ओझाले सुशान्तको हत्याको अपराधी रहेको भन्दै बलिउड सुपरस्टार सलमान खान, निर्देशक करण जोहर, निर्माता एक्ता कपूर, निर्देशक सञ्जय लीला भन्साली लगायत अन्य चार जनाविरुद्व अपराधिक उजूरी विहार कोर्टमा दर्ता गराएका हुन् । उक्त केसको सुनवाई अगामी महिना जुलाईको ३ तारीख हुने कोर्टले आदेश जारी गरेको छ ।

मुद्दा दर्ता गराउने ओझाले आठ जना विरुद्व सुशान्तलाई मानसिक तनाव सिर्जना गराएको र आत्महत्या गर्न बाध्य बनाएको आरोपमा सुनवाईलाई अगाडी बढाइने जनाइएको छ । अन्य चार जनामा आदित्य चोपरा, साजीद नाडियाडवाला, भुषण कुमार र निर्देशक दिनेशको नाम मुचिएको छ । उनीहरुले सुशान्तको फिल्मलाई रिलिज हुन नदिन ठूलो प्रयत्न गर्दै आएको खुलासा भएपछि उनीहरुको विरुद्व समेत उजुरी परेको छ ।

निर्देशक सञ्जय लीला भन्साली र सुशान्तबीच गहिरो नाता रहेको बुझिएको छ । दूवैले एकअर्का प्रति निकै माया देखाउने विषयलाई इकनोमीक टाइम्सले लेखेको छ । निर्देशक सञ्जयले सुशान्तलाई लिएर चारवटा फिल्म निर्माण गर्ने निर्णय गरेका थिए । गहिरो नाता रहेको निर्देशकको नाम प्रकरण आएको विषयले अन्यौल सिर्जना गरेको इकनोमिक टाइम्सले लेखेको छ । उक्त घटनाले बिहार मात्र नभई सम्पूर्ण देशको मुटु दुखाएको वकिल सुधिरले जनाएका छन् । कंगना रनौतलाई उक्त केसको साक्षीको रुपमा सुचीकृत गरिएको सुधिरले जनाएका छन् । उनीहरु विरुद्व सेक्सन ३०६, १०९, ५०४, ५०६ तहत मुद्दा चल्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्