Logo

कोरोनाबाट भारतमा १२ हजार बढीको मृत्यु



काठमाडौं, असार ४ । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या १२ नाघेको छ।

भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट १२ हजार २ सय ६२ जनाको मृृत्यु भइसकेको छ।

यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या तीन लाख ६७ हजार २ सय ६४ पुगेको छ। कोरोनाबाट संक्रमित भएका एक लाख ९४ हजार ४ सय ३८ जना भने उपचारपछि निको भएका छन्।



प्रतिक्रिया दिनुहोस्