काठमाडौं, ४ असार । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले काठमाडौं चत्रपथभित्र खुला ठाउँमा अब कुनै संरचना बनाउन नहुनेमा राष्ट्रिय सहमति गर्नुपर्ने प्रस्ताव राखेका छन् । सामाजिक सञ्जाल ट्विटरमा उज्यालो अनलाईनको ‘भृकुटीमण्डपको हरियाली मासेर मेगा हल बनाउँदै काठमाण्डौ महानगरपालिका, १२ अर्ब खर्च लाग्ने’ शीर्षकको समाचार रिट्विट गर्दै भट्टराईले यस्तो प्रस्ताव गरेका हुन् ।
त्यस्तै, उनले तल्लो टुँडिखेलमा सैनिक मुख्यालयका पछि थपिएका संरचना हटाउनसमेत प्रस्ताव राखेका छन् । हेरौं भट्टराईको ट्विट-‘अर्को राष्ट्रिय सहमति गरौं-काठमाण्डौमा रिंगरोड भित्र खुला ठाउँमा अब कुनै संरचना बनाउँदै नबनाऊँ!खुलामंच खुलै राँखौं।तल्लो टुँडिखेलमा सैनिक मुख्यालयका पछि थपिएका संरचना हटाउँ।ठाउँठाउँमा भूमिगत पार्किंगस्थल बनाऊँ।रूख रोप्ने अभियान चलाऔं।नत्र कोरोनाले नमरे पनि हामी निसासिएर मर्नेछौं!’ File Photo/Mukunda Kalikote-RN