Logo

गर्भवती महिलालाई कुटपिट गर्ने पुरुष



धनुषा, ४ असार । कुटपिट गरी घाइते बनाएको अभियोगमा अर्जुन मण्डललाई बुधबार राति पक्राउ परेका छन् । २४ वर्षीया गर्भवती महिलालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा शहिदनगर नगरपालिकाका मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

मण्डलले ती महिलालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यदुकुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्