Logo

होटल बुक गरेर जुवा, ८ जना पक्राउ



कास्की, ४ असार । जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका लेकसाईडस्थित टंकराज अधिकारीको सेन्टर लेक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका बैदामका बीर बहादुर लामिछाने लगायत ८ जनालाई नगद १९ हजार ३ सय २० रुपैयाँ सहित पक्राउ परेका हुन् ।

उक्त होटलमा जुवातास खलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot