Logo

मोहन बस्नेतले सरकारले भ्रष्टाचार गर्यो भन्दा केशब बडाल यसरी पड्किए (भिडिओसहित)



काठमाडौं, ४ असार। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सरकारले भ्रष्टाचार गरेको छ भन्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता केशब बडालले बस्नेतको आरोपलाई ठाडै अस्विकार गरिदिएका छन् ।बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै नेता बडालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल प्रधानमन्त्रीको रुपमा चित्रण गरे । राष्टिय एकता, स्वाधिनता, अखण्डता, सार्वभौमिकता, लोकतन्त्र र समृद्ध नेपाली, सुखी नेपालीको निम्ति आफ्नो बुद्धि र विवेकलाई प्रधानमन्त्री ओलीले लगाएको बडालको भनाई छ ।

कांग्रेस नेता बस्नेतले सरकारले गर्न नसकेको काम आफूले गरेको सुनाए । उनले वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा सरकारले पिपिई सेट दिन नसक्दा आफूले विदेशबाट मगाएर चिकित्सकहरुलाई उक्त सामग्री प्रदान गरेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्