Logo

ब्राउनसुगर सहित पक्राउ



काठमाडौं, ४ असार । अवैध लागूऔषध सहित पक्राउ २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका दुधरासबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३४ मिलिग्राम र नगद ३३ हजार रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिकाका लोक बहादुर थापा र घोराही उपमहानगरपालिकाका सरिता परियार रहेका छन् । ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.४ प २८८६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै कञ्चनपुर बेलौरी नगरपालिका पचुईबाट अवैध लागूऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ ०.६१ ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेलौरी नगरपालिका रामु खाण ठकुरी र बेल्डाडी गाउँपालिका आशिस उपाध्याय रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले म.२ प ९६१८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्