Logo

महाभारतमा अभिमन्युको चक्रव्युमा यसकारण मृत्यु भयो



अर्जुन र सुभद्राको छोरा अभिमन्यु हुन् । उनलाई चक्रव्युहमा फसाएर मारेका थिए । अभिमन्युले आफ्नो बालपन मामा घर श्रीकृष्णको द्वारकामा बिताएका थिए । सम्पुर्ण शिक्षा मामा श्रीकृष्णले दिएका थिए उनलाई । अअिभमन्युले आमा सुभद्राको कोखमा बसेर नै सबै युद्ध सिकेका थिए ।

महाभारतको युद्ध हुँदा सबैभन्दा कान्छो योद्धा थिए । भिष्म पछि दुर्योधनले आचार्य द्रोणचार्यलाई सेनापती बनाएका थिए । युद्धको १३ औ दिनमा द्रोणाचार्यको योजनाअनुसार चक्रव्युहको रचना गरे । अर्जुनलाई कौरवको एक वीर योद्धाले चुनौती दिएकोले रणक्षेत्रबाट टाढा लखेट्दै गएको मौका छोपेर पांडवहरु आत्तिएपछि अभिमन्युले पाण्डवहरुलाई ढाडस दिदै यो चक्रव्युहमा म तोड्नेछु भने । उनले भने, तपाइँहरु मेरो साथमा हिड्नोस भन्दै अभिमन्यु कौरवले बनाएको चक्रव्युह तोडेर भित्र पसे । कौरवको सेनालाई हानेर क्षत–विक्षत गरी दिए ।

कौरवको धेरै सेनालाई मारेपछि युद्धको नियम तोडेर कर्ण, जयद्रथ, दुर्योधन, कृपाचार्य, दुशासन, द्रोणाचार्य आदीले एकैपटक आक्रमण गरेर अभिमन्युलाई हत्या गरे । अर्जुन फर्केपछि आफ्नो छोरोलाई जयद्रथको कारण मारेको थाहा पाएपछि अर्जुनले भोलीको सुर्यास्तसम्म जयद्रथको हत्या गर्ने प्रतिज्ञा गरे र भोलीपल्ट जयद्रथको हत्या गरे । धर्मग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्