Logo

भारत र चीनका सैनिकबीच सोमबार मध्यरातसम्म ढुंगामुढा र फलामे रडले भिडन्त



एजेन्सी, ४ असार । गत सोमबार भारत र चीनका सैनिकबीच लदाखको ग्यालवन क्षेत्रमा हिंसात्मक झडप भयो । ४५ वर्षपछि यी दुई देशबीच सिमामा सैनिकको ज्यान जाने गरी भिडन्त भएको हो ।

भिडन्तमा गोला बारुद चलाउन नपाइने नियम भएकाले दुवै देशका सैनिकले युद्ध नियमको पालना गरेका थिए । गोलाबारुद भएपनि दुवै देशका सैनिकले चलाएनन् । तर, उनीहरुले कच्चा हतियारको भरपुर प्रयोग गरेका थिए ।

ढुंगामुढा, फलामको रड देखि बाँसमा किला ठाकेर बनाएको हतियारले एक अर्कामाथि आक्रमण गरेका थिए । झडप सोमबार दिउँसो देखि मध्यरातसम्म चलेको थियो ।

झडपका क्रममा कतिपय सैनिक गेलवान नदीमा फालिएका थिए । उनीहरुको शव त्यहींबाट झिकिएको थियो ।

अहिलेसम्म भारतका २० सैनिकले ज्यान गुमाएको पुष्टि भएको छ । चीनले भने त्यसबारे केही खुलाएको छैन । चीनतर्फ पनि ठुलै मानवीय क्षति पुगेको बताइएको छ ।

गेलवान उपत्यकामा भारत र चीनबीच सिमा विवाद छ । यसअघि झडपको सम्भावनालाई दृष्टिगत गरी लेफ्टिनेन्ट जनरल तहमा दुई देशबीच वार्ता भएको थियो । वार्ताले निरन्तरता पाइरहँदा झडप भएको थियो ।- Photo Source: BBC



प्रतिक्रिया दिनुहोस्

Screenshot