Logo

आज राति कहाँ कहाँ छ बाढी पहिरोको खतरा, सतर्क हुनुपर्ने स्थानसहित



काठमाडौं, ४ असार । साँझबाट देशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेको छ । यसबाट बाढी पहिरोको जोखिम बढेको छ ।

बाढी सुचना केन्द्रका अनुसार हाल गोरखाको अधिकांश स्थानमा वर्षा भइरहेको छ । लमजुङ, धादिङ, कास्की, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलबस्तु, दाङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चो र आसपासका केही स्थानमा मध्यम देखि भारी वर्षा भइरहेको छ ।

बाढी सूचना केन्द्रले ती स्थानको साना नदीमा आकस्मिक बहावको सम्भावना, भिरालो जमिनमा पहिलोको समेत जोखिम हुनसक्ने जनाएको छ । केन्द्रले पहिरोको उच्च जोखिम रहेकोले यात्रामा सतर्कता अपनाउन आग्रह गरेको छ ।

गोरखाको अधिकांश स्थानमा भारी वर्षा भइरहेकाले दरौदी बुढीगण्डकी, चेपेलगायत नदीमा जनसतह केही बढ्दो रहेको बाढी सूचना केन्द्रले जनाएको । कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्