Logo

नेकपा स्थायी समिति बैठक असार १० मा



काठमाडौं, ५ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार भएको छलफलपछि असार १० गते स्थायी कमिटी बैठक बस्ने निर्णय गरिएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायत अन्य विषयमा छलफल हुने उनले बताएका छन् ।

पार्टीको विधान अनुसार प्रत्येक तीन/तीन महिनामा स्थायी कमिटीको बैठक बस्नुपर्ने प्रावधान छ । गत पुस ६ गते सकिएको स्थायी कमिटीको बैठक वैशाख २५ गते बस्ने तय भए पनि गृहकार्य नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्