Logo

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भिडियो कन्फरेन्स, दक्षिणसंग दुरी बढ्दै



काठमाडौँ ५ असार : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच भिडियो कन्फरेन्स (छलफल) प्रारम्भ भएको छ । सत्तारुढ नेकपा र सीपीसीका नेताहरुबीच शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीको ९९ वर्षगांठको अवसरमा भिडियो कन्फरेन्स भएको हो । सीपीसीको अन्तर्राष्ट्रिय विभाग र नेकपा स्कुल विभागको आयोजनामा कन्फरेन्स भएको जनाइएको छ ।

नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीबाट उक्त भिडियो कन्फरेन्समा सीपीसीसंग जोडिएका छन् । कन्फरेन्समा कोरोना महामारीले निम्त्याएको संकटका बारेमा छलफल हुने बुझिएको छ । नेपाल कम्युनिष्ट पार्टी चीन उन्मुख रहेको भन्दै बारम्बार भारतीय पक्षले आरोप लगाइरहेको अवस्थामा चिनियाँ पक्षको चाहना अनुसार नै भिडियो छलफल प्रारम्भ भएको विषय नेकपा स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले जनाएका छन्।

भिडियो कन्फरेन्समा नेकपाका अध्यक्ष ‘प्रचण्ड;, उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्कुल विभागका उपप्रमुख बेदुराम भुसाल लगायतका सयभन्दा बढी नेता सहभागी छन् भने चिनियाँ पक्षबाट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ लगायतका नेताहरू सहभागी छन्।
त्यसैगरी नेकपाका सातै प्रदेशमा रहेका नेताहरु जुममार्फत उक्त भिडियो सहभाजी हुने जनाइएको छ।-File photo



प्रतिक्रिया दिनुहोस्