Logo

जबरजस्ती करणी गर्ने पक्राउ



ललितपुर, ५ असार । जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया कोशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ललितपुर सुनाकोठी बस्ने सर्लाही लालबन्दी घर भएका प्रेम बहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले ती कीशोरीलाई मंगलबार जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्