Logo

लागूऔषध सहित पक्राउ तथा बरामद



काठमाडौं, ५ असार । अवैध लागूऔषध सहित २ जना शुक्रबार बिहान पक्राउ परेका छन् । पर्सा बीरगंज महानगरपालिका स्थितबाट नियन्त्रित लागूऔषध नुर्फिन ४ सय १७ पिस, डाईजेपाम ४ सय १७ पिस र फेनारगन ४ सय १७ पिस सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही ठाउँका अयस कुमार सिँह र अरुण कुमार सिँह रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै सर्लाही लालबन्दी नगरपालिका स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १५ केजी बिहीबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले प्लाष्टिकको बोरा फाली जंगलतर्फ भागे पश्चात बोरा तलासी गर्दा उक्त परिमाणको लागू फेला पारी प्रहरीले बरामद गरेको हो । हाल फरार रहेको मोटरसाइकल र मोटरसाइकलमा सवार व्यक्तिहरुकोे खोजी गरिरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्