काठमाडौं, ५ असार । वैदेशिक रोजगारीको सिलसिलामा दोहा कतारमा रहँदा विभिन्न दुर्घटनामा तथा उपचारको क्रममा ज्यान गुमाएका २० नेपालीको शव काठमाडौं ल्याईएको छ । शव कतार एयरवेजमार्फत नेपाल ल्याईएको हो । कतार सरकारले रमादान तथा कोरोनाको प्रकोपका कारण आममाफी दिएका २४ जनासहित ४३ जना नेपाल आईपुगिसकेका छन् ।
अवैधानिक रूपमा कतारमा रहेका २६५ जना नेपालीहरूलाई पनि आजकै उडानमा ल्याउने कार्यतालिका थियो । तर, स्वास्थ्य लगायत विभिन्न प्रकिया पूरा नभएका कारण बाँकी कतारमै रोकिएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम